World Tuberculosis Day 2025
sujim advert

दोश्रो झिल्टुङ क्रसकन्ट्री खुल्ला दौड प्रतियोगिता सम्पन्न

    चैत्र १२, २०७४

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

bidur tax consultancy services in nuwakot
health office nuwakot awareness

बेलकोटगढी, “जे गरौ, गज्जबले गरौ” नारा सहित स्थानीय एवम् राष्ट्रियस्तरका धावक सम्मिलित ‘दोश्रो झिल्टुङ क्रसकन्ट्री खुल्ला दौड’ प्रतियोगिता बेलकोटगढी नगरपालिका–५ कोल्पुटारमा सम्पन्न भएको छ ।

खेल मार्फत पर्यटन प्रवर्धन गर्ने उदेश्यले लियो क्लब अफ नुवाकोट परोपकार लगायतका संस्थाको संयुक्त आयोजना गरिएको प्रतियोगिताको दुई बिधामा महिला र पुरुषको समूहमा दौड प्रतिस्पर्धा गराइएको थियो । कोल्पुटारबाट माझगाँउ हुदै पुनः कोल्पुटार पुग्ने १३ दशमलव ४ किलोमिटर दुरीको पुरुषतर्फ भूमीराज राई प्रथम, किरण बोगटी दोश्रो र विवेक राई तेश्रो र महिलातर्फ कान्छीमाँया कोजु पहिलो, पुष्पा भण्डारी दोश्रो र राजपुरा पछाई तेश्रो भएको प्रतियोगिता व्यवस्थापक सुदाम लामिछानले बताए।

दौडमा उत्कृष्ट पहिलोलाई १५ हजार रुपैयाँ, दोश्रोलाई १० हजार रुपैयाँ र तेश्रोलाई पाँच हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र एकसय बर्षीय ज्येष्ठ नागरिक यज्ञप्रसाद रिमालले प्रदान गरेका थिए।

प्रतियोगितामा महिला र पुरुष गरी २९ जना खेलाडीको सहभागिता रहेको थियो । यसैगरी, ‘क्रसकन्ट्री रन फर फन’ प्रतियोगिता अन्तरगत ५१ जना सम्मिलित ४ दशमलव ५ किलोमिटर दुरीको कोल्पुटारबाट माझी बिरुवा स्थित ज्वालमुखी प्रथामिक विद्यालय हुदै पुनः कोल्पुटरसम्मको दौड प्रतियोगितामा पुरुषतर्फ सन्तोष योगी प्रथम, दिनेश बोगटी दोश्रो र सुवास थापा तेश्रो र महिलातर्फ हुमी बुढामगर पहिलो, काजल विष्ट दोश्रो र लक्ष्मी थापा तेश्रो भएको कार्यक्रम संयोजक मोहन नेपालले बताए ।

स्थानीय खेलाडी तथा राष्ट्रियस्तरका धावक सम्मिलित प्रतियोगिता मार्फत झिल्टुङमा रहेका पर्यटकीय स्थलको प्रबद्धन, खेलक्षेत्रको विकास तथा शारिरीक रुपमा स्फूर्ति जगाउन सहयोग पुगेको आयोजकले जनाएको छ ।

as fashion store in Trishuli Nuwakot
HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top