२०८०, ४ आश्विन बिहीबार
social securities awareness bidur municipality

नेपाल संग १ विकेटले पराजित भयो नामिविया

    माघ २६ २०७४ २३:५८

pratik book and stationery center in nuwakot

विश्व क्रिकेट लिग डिभिजन दुई अन्तर्गत उद्घाटनको पहिलो खेलमा नेपालले बिजयी सुरुवात गरेको छ । नेपालले पहिलो खेलमा नामिबियाले दिएको १३९ रनको लक्ष्य पुरा गर्दै एक विकेटको सघर्षपूर्ण जित दर्ता गरेको छ ।

अन्तिम ओभरको चार बल बाँकी हुँदा नेपाले एक विकेटको जित दर्ता गरेको हो ।

पहिलो ब्याटिङ गरेको नामिबियालाई नेपालले ३४.२ ओभरमा अलआउट गरेको थियो ।

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिए । सोमपाल कामी तीन, बसन्त रेग्मी, पारस खड्का र शरद भेषावकर एकएक विकेट लिएका थिए ।

सामान्य लक्ष्य भए पनि नेपाली ब्याट्स्म्यानले राम्रो ब्याटिङ गर्न नसक्दा नेपालले मात्र ५६ रन जोड्न ६ विकेट गुमाइसकेको थियो ।

४३ ओभरमा ८ विकेट गुमाएर नेपालले १ सय ११ रन बनाएको अवस्थामा पानी परेपछि खेल केहीबेर रोकिएको थियो । पानी लगातार परेर खेल हुन नसकेको भए डक वर्थ लुइस नियममा नेपाल १३ रनले पछि थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top