sujim bazar advert

नेपाल संग १ विकेटले पराजित भयो नामिविया

    माघ २६, २०७४

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

विश्व क्रिकेट लिग डिभिजन दुई अन्तर्गत उद्घाटनको पहिलो खेलमा नेपालले बिजयी सुरुवात गरेको छ । नेपालले पहिलो खेलमा नामिबियाले दिएको १३९ रनको लक्ष्य पुरा गर्दै एक विकेटको सघर्षपूर्ण जित दर्ता गरेको छ ।

अन्तिम ओभरको चार बल बाँकी हुँदा नेपाले एक विकेटको जित दर्ता गरेको हो ।

पहिलो ब्याटिङ गरेको नामिबियालाई नेपालले ३४.२ ओभरमा अलआउट गरेको थियो ।

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिए । सोमपाल कामी तीन, बसन्त रेग्मी, पारस खड्का र शरद भेषावकर एकएक विकेट लिएका थिए ।

सामान्य लक्ष्य भए पनि नेपाली ब्याट्स्म्यानले राम्रो ब्याटिङ गर्न नसक्दा नेपालले मात्र ५६ रन जोड्न ६ विकेट गुमाइसकेको थियो ।

४३ ओभरमा ८ विकेट गुमाएर नेपालले १ सय ११ रन बनाएको अवस्थामा पानी परेपछि खेल केहीबेर रोकिएको थियो । पानी लगातार परेर खेल हुन नसकेको भए डक वर्थ लुइस नियममा नेपाल १३ रनले पछि थियो ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top