+
Search

ताजा अपडेट +

पपुलर +

यु १६ स्तरीय मैत्रीपुर्ण क्रिकेट सम्पन्न

डबली खबर
८ साल अगाडी

विदुर । नुवाकोट क्रिकेट संघ र रोयल क्रिकेट ईन्डोर बिचको ३ खेलको यु-१६ मैत्रीपुर्ण क्रिकेट प्रतियोगिता रोयल क्रिकेट ईन्डोरले २-१ ले जितेको छ ।

नुवाकोट क्रिकेट संघको आयोजनामा र जिल्ला युवा परिषद् नुवाकोटको सहयोगमा सम्पन्न प्रतियोगितामा लगातर २ खेल जित्दै पहिले नै उपाधी जितिसकेको ईन्डोरले भने अन्तिम खेलमा हार व्यहोर्दै २-१ अन्तरले जित हासिल गरेको हो।

प्रतियोगिताको अन्तिम खेलमा १ विकेटको रोमान्चक जित निकाल्न सफल नुवाकोटका अन्तिम ब्याट्सम्यानहरु सुमित कुवर र प्रकाश माझीले ४४ रनको साझेदारी गरेपछी नुवाकोट १ बिकेटको जित निकाल्न सफल भएको हो। ११ औ नम्बरका ब्याट्सम्यान प्रकाश माझीले नटआउट २३ रन हान्दै टिमलाई जित दिलाए खेलमा उनि म्यान अफ दि म्याच घोषित भए। प्रतियोगितामा रोयल क्रिकेट ईन्डोरका गौरव कटुवाल म्यान अफ दि सिरिज घोषित भए।

Image may contain: 4 people, people smiling, people standing and outdoor

समापन कार्यक्रम युवा परिषद् नुवाकोटका अध्यक्ष उपेन्द्र मिश्रको प्रमुख आतिथ्यतामा भएको थियो। विजयी टिमलाई ट्रफी तथा मायाको चिनो प्रदान गरिएको थियो।

कार्यक्रममा नुवाकोट क्रिकेट संघको निवर्तमान अध्यक्ष केशव मिश्र, नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनाल, जिल्ला खेलकुद बिकास समितिका सदस्य प्रज्वल सापकोटा, श्रीनाथ गणका सह-सेनानि विद्दुतकुमार बस्नेत लगायतको उपस्थिती थियो।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ