२०८१, १३ बैशाख बिहीबार

नुवाकोट युनाइटेडको फराकिलो जित

    माघ १५ २०७४ २२:४१

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

बट्टार ।  प्रथम एनयुएफसी जिल्लास्तरिय फुटबल प्रतियोगिता अन्तर्गत आजको खेलमा नुवाकोट युनाइटेडले फराकिलो जित हात पारेको छ ।

नुवाकोट युनाइटेडले देविघाट बाल क्लबलाई ९-० अन्तरले पराजित गरेको छ । नुवाकोट युनाइटेडका लागि आकाश राना एक्लैले ४ गोल सहित ह्याट्रिक गरेभने उचित लामा र सन्तोष थापाले २/२ गोल गरेका थिए । साथै देविघाट बाल क्लबका प्रविन थापाले आफ्नो पोस्टमा १ सुसाइड गोल गरेका थिए । नुवाकोट युनाइटेडका लागि ह्याट्रिक गर्ने आकाश लामा म्यान अफ दि म्याच घोषित भए ।

यस अघि आजै भएको न्यु स्पोर्टस् र सुन्दरादेविबिचको पहिलो खेलमा १-० गोलले विजयी भएको छ । विजयी गोल शुशन खतिवडाले गरेका थिए । सुन्दरादेवीका लागि विजयी गोल गरेका सुसन खतिवडा म्यान अफ दि म्याच समेत हुन सफल भए ।

त्यस्तै आजै भएको विदुर सिटी युथ क्लब र न्यु भिजन युथ क्लबबीच भएको तेस्रो खेलमा न्यु भिजन युथ क्लब १-० गोलले विजयी भएको छ । न्यू भिजनका भने मोहन गुरुङ म्यान अफ दि म्याच घोषित भए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top