+
Search

ताजा अपडेट +

पपुलर +

एनयुएफसी फुटबल प्रतियोगिता शुरु

nufcnepal nuwakot football 2074
डबली खबर
८ साल अगाडी

बट्टार । नुवाकोट युनाइटेड फुटबल क्लबको आयोजनामा प्रथम एनयुएफसी जिल्लास्तरिय फुटबल प्रतियोगिता शुरु भएको छ ।

प्रतियोगितामा विदुर नगरपालिका सहआयोजक रहेको र नुवाकोटका १८ स्थानीय क्लबहरुले सहभागिता जनाएको क्लबका सचिव रविन्द्र भुजेलले जानकारी दिए ।

आगामी माघ २० गतेसम्म संचालन हुने प्रतियोगिता लिग कम नकआउटका आधारमा खेलाइने प्रतियोगितामा प्रथम र दोस्रो हुनेले क्रमश: ४० हजार र २० हजार नगदसहिद प्रमाणपत्र र शिल्ड पाउने क्बलका संयोजक रामकुमार कोइरालाले बताए ।

Image may contain: 3 people, people standing, hat and outdoor

उद्घाटन समारोहका प्रमुख अतिथि विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले नुवाकोट खेलकुद विकासको पूर्वाधार निर्माणको लागि विदुर नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे। त्यस्तै नुवाकोट जिल्लामा महिला फुटबल खेल विकासलाई पनि अघि बढाउनुपर्ने व्यक्त गरे । साथै खेलाडीहरुलाई इमान्दार र अनुशाशित भएर खेललाई मर्यादित ढंगले खेल्न आग्रह गरेका छन् ।

Image may contain: 4 people, people standing and outdoor

प्रत्येक खेलको “म्यान अफ दि म्याच” खेलाडीलाई १ सेट ट्याक सुट र टिर्सट प्रदान गरिने नुवाकोट उद्योग वाणिज्य संघका महासचिव दिपक कायस्थले व्यक्तिगत तर्फबाट प्रदान गरिने बताए ।

जिल्ला खेलकुद विकास समितिका संयोजक बुद्धि प्रधानले नुवाकोटमा फुटबल खेलको विकासको लागि एनयुडिसी जिल्लास्तरिय फुटबल प्रतियोगिता निकै राम्रो नमुना भएको भन्दै नुवाकोटको खेल क्षेत्रको विकासको लागि यस्ता प्रतियोगिताले महत्वपुर्ण भुमिका खेल्ने बताए ।

उद्घाटन समारोहमा विदुर नगरपालिका वडा नं. ४ का वडाध्यक्ष टलकमान श्रेष्ठ,अखिल नेपाल फुटबल संघ, नुवाकोटका अध्यक्ष पुर्णमान चित्रकार र पत्रकाहरुको उपस्थित रहेको थियो ।

Image may contain: 6 people, people smiling, people standing and outdoor

Image may contain: 6 people, people standing and outdoor

Image may contain: one or more people, people standing, sky, outdoor and nature

प्रतियोगिताको टाईसिट

Image may contain: text

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ