२०८१, ७ बैशाख शुक्रबार

नुवाकोट फुटवल संघको चौथाे जिल्ला अधिवेशन सम्पन्न

    पुष ३० २०७४ १३:०२

nuwakot jilla football committee
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट/ प्रतिनिधि सभा सदस्य नारायण खतिवडाले अन्तराष्ट्रिय जगतसम्म प्रतिष्पर्धा गर्न सक्ने खेलकूदको रुपमा फुटबल रहेको बताउनु भयो ।

अखिल नेपाल फुटबल संघ जिल्ला कार्य समितिको नुवाकोटको चौथो अधिबेसनको उद्धघाटन गर्नुहुँदै प्रतिनिधिसभा सदस्य खतिवडाले नुवाकोटबाट अन्तराष्ट्रिय जगतसँग प्रतिष्पर्धा गर्न सक्ने खेलाडीको बिकास गर्नुपर्ने बताउनु भयो । समय समयमा प्रतियोगिताहरुको आयोजना गर्दै खेलाडीहरुको खेल कौशलतामा निखार ल्याउनु पर्नेमा जोड दिनुभयो ।

यस्तै, संघको चौथो अधिवेशनले दिपकलाल चित्रकारको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको निर्बाचन समितिका संयोजक कपिलदेब खनालले बताउनुभयो । उपाध्यक्षमा शनि चित्रकार, अच्युतराज महन्त गिरि र उद्धब पनेरु रहनुभएको छ ।

यस्तै, सदस्यहरुमा पुर्णिमा अर्याल, पुर्णमान चित्रकार, सन्तोष नगरकोटी, रबिन्द्र भुजेल, राजेन्द्र खतिवडा, सुरज श्रेष्ठ, रमेश बहादुर आचार्य, श्रीराम तामाङ, सरोज लामा रहनु भएको छ । चौथो जिल्ला अबिधेसले पुर्ब उपाध्यक्ष जिबन लामालाई मानार्थ अध्यक्ष घोषणा गरेको छ । यस्तै, नयाँ कार्य समितिको बैठकले महासचिब र कोषाध्यष मनोनित गर्ने बताईएको छ ।

अबिधेसनमा फुटबल संघका केन्द्रिय सदस्य रबिन्द्रनाथ श्रेष्ठ र पुर्णमान चित्रकार, जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष बुद्धि प्रधान, पुर्ब अध्यष राम थापा लगायतले मन्तब्य राख्नु भएको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top