विदुर । नुवाकोट क्रिकेट संघको साधारणसभा दुर्गाराज पाठकको नेतृत्वमा १५ सदस्यीय जिल्ला कार्यसमितीमा निर्विरोध चयन भएर सम्पन्न भएको छ ।
जिल्ला क्रिकेट संघ नुवाकोटका तदर्थ समिति संयोजक केशव मिश्रको सभापतित्वमा संचालित उद्घाटन कार्यक्रम जिल्ला समन्वय समिती नुवाकोटका अध्यक्ष सन्तमान तमाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा जिल्ला खेलकुद बिकास समितिका उपाध्यक्ष बाशु भट्ट, नुवाकोट उद्योग बाणिज्य संघका प्रवक्ता सन्तोष उप्रेती, जिल्ला खेलकुद बिकास समितिका सदस्यद्वय उद्दव पनेरु र प्रज्वल सापकोटा, नेपाल बार एसोसिएसन नुवाकोटका अध्यक्ष देवराज कडेल, पत्रकार महासंघ नुवाकोटका उपाध्यक्ष, सचीव, सहसचिव र सदस्य क्रमशः रामहरी न्यौपाने, जगदीश खनाल, नमराज सुवेदी र सुर्जित भण्डारी, बट्टार युवा क्लबका अध्यक्ष कृष्णराज अधिकारी र सल्लाहकार जोनि जेके लगाएतको उपस्थिति थियो ।
अधिबेशनबाट अध्यक्ष दुर्गाराज पाठक, उपाध्यक्ष बिनोद श्रेष्ठ, सचीव करण खतिवडा, कोषाध्यक्ष पुनम श्रेष्ठ, सदस्यहरु रामधन ढकाल, बिमला भट्ट, राजेन्द्र पनेरु, सुरज सिलवाल, प्रज्वल सापकोटा, राजेश रिमाल, रोक्सनमान दुवाल, अनुजमान श्रेष्ठ, ओमप्रकाश श्रेष्ठ, बिराट मान सिंह डङोल र दिपेन्द्र प्याकुरेल पदाधिकारी चयन भएका छन् ।
प्रतिक्रिया