sujim advert

नुवाकोटमा पहिलो यु-१५ चंगा चेट उत्सव हुँदै

    अशोज ९, २०७४

advertisement placement
ananda Jewellery shop
sizen education new intake 2025

bidur tax consultancy services in nuwakot

विदुर | सामाजिक कार्यमा अग्रस्थान बनाउदैं विदुर सिटी युथ क्लबले नेपालीको महान चाड बडा दशैंको अवसर पारेर आगामी असोज ११ गते फूलपातीको दिन १५ वर्ष मुनिका भाईबहिनीहरुलाई लक्षित गरी बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म “यु-१५ नुवाकोट चंगा उत्सव कार्यक्रम” आयोजना गर्दैछ ।

विजया दशमीको अवसर पारेर नुवाकोट जिल्लाका बालबालिकाहरुलाई अहिलेको आधुनिकयुगको सबैभन्दा दरिलो उपज मोबाइलको दुनियाबाट बाहिर निकालेर समाज र प्रकृतिसंग रमाउन सिकाई सामाजिक बन्न प्रेरित गर्दै दशैको एक विशेषतालाई परिचित गराउन्दै चंगा उढाउने बानीलाई पुनर्ताजगी गर्न चंगा उत्सव कार्यक्रमले टेवा पुर्याउने क्लबका अध्यक्ष विशाल सापकोटाले बताए ।

हाम्रो बिबिधता र अनेकतामा एकता भन्ने संदेश र शिक्षा सहित दशैको उत्साह र उमंग थप्दै विलिन हुँदै गएको चंगा उढाउने परम्परालाई निरन्तरता दिनका लागि सामुहिक कार्यक्रम संचालन गर्न लागेका क्लबका उपाध्यक्ष सुनील श्रेष्ठले बताए ।

यसै गरी क्लबले आश्विन ६ गते नै घटस्थापनाको दिन संस्थाका सदस्यहरु तथा स्थानीयहरुको आर्थिक तथा पारिश्रमिक र मैथली व्यारेकका सेनाहरुको सहयोगमा विदुर नगरकार्यपालिकाको १०० मि. दक्षिणपट्टि “दशै तिहार पिंग खेल कार्यक्रम“का लागि लिंगे पिंग राखेकको छ। पिंगबाट स्थानीय बालबालिका, वयस्क, वृद-वृदा सबैमा दशैको रौनक थपिएको महशुस गरेका क्लबका सचिव प्रदिप पण्डितले जनाए ।

कार्यक्रममा सहभागिताको लागि दर्ता शुल्क रु.१०० लाग्नेछ भने चंगा, धागो र लटटाई  नि:शुल्क पाउनेछ भने सहयोग, सल्लाह र थप जानकारीका लागि संस्था पदाधिकारी वा bcycnepal@gmail.com वा संस्थाको फेसबुक पेज https://www.facebook.com/bcycnepal/ मार्फत सम्पर्क गर्न क्लबले अनुरोध गरेको छ ।

यु–१५ नुवाकोट चंगा चेट उत्सव २०७४ प्रतियोगिता कार्यक्रममा सहभागीहरुको हकमा:

१) उमेरको हकमा १० देखि १५ वर्ष पुगेको र १५ वर्ष ननाघेको हुनुपर्ने ।
२) जन्मदर्ता वा उमेर पहिचान हुने प्रमाण पेश गर्नुपर्ने ।
३) विद्यालयको नाम वा संस्थाको नाम उल्लेख गर्नुपर्ने ।
४) स्वास्थ्यस्तिथि ठिक भएको वा हुनुपर्ने ।
५) परिवारको स्वीकृत लिनुपर्ने वा भएको ।

थप जानकारीकाे लागिः
विशालः ९८५१२४७२९४
सुनिलः ९८४१३३५४६२
प्रदिपः ९८६१५८१३६

आवेदन फाराम

फाराम डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्

as fashion store in Trishuli Nuwakot
HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top