sujim advert

आर.एम.को एकल कविता वाचन हुँदै

    भदौ २०, २०७४

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

bidur tax consultancy services in nuwakot

विदुर । युवा कवि आर.एम. डंगोलको एकल कवित वाचन कार्यक्रम हुने भएको छ ।

युवा कविहरुबीच लेखनकै कारण फरक छवि बनाउन सफल कवि डंगोलको एकल कविता वाचन भदौ २४ गते शनिबार विदुरमा हुन लागेको हो ।

त्रिशूली वाङ्मय प्रतिष्ठान, प्रगतिशील लेखक संघ, नुवाकोट र साहित्य प्रतिष्ठान नुवाकोटको आयोजनामा आर.एम. आफ्ना कविता लिएर गृहजिल्ला विदुरमा आउन लागेका हुन् । विदुर नगरपालिका–२ शेरामा जन्मिएका डंगोलका दुई कृति प्रकाशित भइसकेको छ भने दुई कृति प्रकाशनको मुखमा रहेको छ ।

rm-dangol

दुई दशकभन्दा लामो समयदेखि कविता साधानमा गर्दै आएका डंगोलका ‘राशीफल हेरिरहेको मान्छे’ र ‘दशगजावारी’ कविता संग्रह प्रकाशित भइसकेको छ । वर्तमान पुस्ताका प्रखर कवि तथा समालोचक समेत हुन् उनी । राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत भइसकेका कवि डंगोल युवामोती पुरस्कारबाट समेत पुरस्कृत भइसकेका छन् ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top