sujim bazar advert

वसपार्क प्रभावकारी रुपमा सञ्चालन भएन

    पुस १४, २०७१

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

देवचन्द्र भट्ट/ करोडौंको लागतमा निर्मित नुवाकोटको एकमात्र वसपार्क प्रभावकारी रुपमा सञ्चालन हुन सकेको छैन् । तीन वर्ष अगाडि निर्मित विदुर नगरपालिका वडा नं. ४ बट्टारमा निर्माण भएको नुवाकोटकै एक मात्र बसपार्क पूर्ण रूपमा सञ्चालनमा ल्याउनका लागि जिल्ला प्रशासनले बट्टार बजारमा रहेको टिकट काउन्टर बसपार्कमा सार्न दिएको निर्देशन उचित रुपमा कार्यान्वयन हुन नसक्दा वसपार्क प्रभावकारी रुपमा सञ्चालन हुन सकेको छैन् ।

वसपार्क सञ्चालनका लागी पहिले प्रतिवद्धता जनाएका यातायात व्यवसायीहरुले टिकट काउण्टर सार्ने विषयको स्थानीयवासीको साथ लिएर विरोध सुरु गरेपछि अन्यौल सिर्जना भएको छ । वसपार्क पुर्ण रुपमा सञ्चालन नहुंदा वट्टार, त्रिशूली, विदुरलगायतका मुख्य वजारहरुमा अव्यवस्थित रुपमा पार्किङ गरिनुका साथै वजार सांघुरो भई सर्वसाधारणको असुरक्षा भइरहेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले जानकारी दिए ।

सो वसपार्क गत असारदेखि विदुर नगरपालिका कार्यालयले प्रभावकारी रपमा सञ्चालन गर्नका लागी एकिकृत तादी विकास समाजलाई जिम्मा दिएको थियो । समाजले टिकट काउण्टर वसपार्कमा राख्नु पर्ने माग गर्दै आएको छ । तर, वस व्यवसायीहरुले टिकट काउण्टर वजारमै राख्नु पर्ने दावी गर्दै आइरहेका छन् ।

नुवाकोटवाट दैनिक रुपमा काठमाडौका साथै रसुवा, धादिङ, चितवनसमेत वस सञ्चालन हुने गरेको छ । दैनिक सय भन्दा वढि वस तथा माइक्रोवस सञ्चालन भइरहेको नुवाकोटका करौडौंको लागतमा निर्मित एउटा वसपार्क पनि प्रभावकारी रुपमा सञ्चालन हुन नसक्दा समस्या परेको वसपार्क सञ्चालनको जिम्मा पाएको एकिकृत तादी विकास समाजका अध्यक्ष लक्ष्मण श्रेष्ठले वताए ।  प्रहरीले बट्टार बजारमा ‘नो पार्किङ’ लेखिएको बोर्ड राख्ने क्रममा स्थानीय र प्रहरी बीच सामान्य झपड समेत भएको थियो ।

बट्टारका व्यवसायीहरूले टिकट काउन्टर राख्न नदिने र पार्किङ गर्न पनि नदिँदा बजारको व्यवसाय संकटमा पर्ने दाबी गर्दै विरोध गरेका हुन् । यसअघि,  विदुर नगरपालिका वडा नं. ४ बट्टारमा निर्माण भएको नुवाकोटकै एक मात्र बसपार्क पूर्ण रूपमा सञ्चालनमा ल्याउनका लागि सरोकारवालाहरू जिम्मेवार रूपमा प्रस्तुत हुने निर्णय गरेका थिए ।

बसपार्क सञ्चालनको लागि सरोकारवाला निकायले प्रभाबकारीरूपमा आ–आफ्नो जिम्मेवारी वहन गर्ने प्रतिवद्धतासमेत व्यक्त गरेका छन् । बिदुर नगरपालिकाले एशियाली विकास वैंकको एक करोड रुपैयाको ऋण लगानीमा निर्माण गरेको बसपार्क सञ्चालनमा आएपनि ब्यबस्थित हुन नसकिरहेको अवस्थामा प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाको पहलमा टिकट काउण्टर वसपार्कमा सारिएको हो ।

वसपार्क प्रभावकारी रुपमा सञ्चालन गर्ने विषयम विदुर नगरपालिकाका कार्यकारी अधिकृत मानबहादुर खड्का, नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजनलाल श्रेष्ठ, पासाङल्हामु यातायात सेवा समितिका अध्यक्ष कुलबहादुर खड्गी, जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख डिएसपि अरूण पौडेल, नेपाल माइक्रो वसका इन्चार्ज सन्तोष उप्रेती, नगर यातायात सेवा समितिका अध्यक्ष अशोक थापालगायतका सरोकारवालाहरूले  त्रिशूली बजारमा निर्माण हुन लागेको मिनीवसपार्कको अवलोकन गर्नुका साथै बट्टारबजारमा रहेका टिकट काउन्टरलाई बसपार्कभित्र सार्नका लागि निर्देशन पनि दिएको छ ।

वैठकले प्रभाबकारी रूपले सञ्चालनमा ल्याउने निर्णय सहित स्थलगत भ्रमण गर्दै छरिएर रहेका सबै टिकट काउन्टर बसपार्कमा राख्न निर्देशन दिएपनि दुई हप्तादेखि सो निर्देशनको पालना गर्ने क्रममा विवाद बढ्दै गएको छ । टिकट काउन्टर वसपार्क सार्दा बट्टारबजारमा चहल पहल कम हुने भन्दै बट्टारका स्थानीयबासीहरूले विरोध जनाइरहेका छन् भने केही व्यक्तिहरू भने वसपार्कलाई सुन्य प्वाइन्ट मानेर सोही स्थानबाट बस तथा माइक्रोवस छुटाउने व्यवस्था मिलाउनुपर्ने बताउँदै आएका छन् । -ए1न्यूज

bidur tax consultancy services in nuwakot

maan bina ko dhaan Nepali Movie

ताजा अपडेट

प्रतिक्रिया

Top