काठमाडौँ – १३औं दक्षिण एसियाली खेलकुद (साग) मा कराँतेको कुमुते अन्तर्गत नुवाकोटकी अनु अधिकारीले स्वर्ण जितेकी छन् ।
महिला ५० केजी मुनि तौल समूहमा श्रीलंकाकी डन पौलु बडालगेलाई ८.० को नतिजामा पराजित गर्दै अनुले स्वर्ण पदक हात पारेकी छन् ।
नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नम्बर ४ थप्रेकी अनुले श्रीलंकाकी खेलाडीलाई ८-० को नतिजामा पराजित गर्दै स्वर्ण चुमेकी हुन् ।
यो सफलतासहित नेपालले कराँतेमा मात्र ७ स्वर्ण २ रजत पदक जित्न सफल भएको छ भने कुल पदक तालिकामा १२ स्वर्ण , ३ रजत र १ काँस्य पदक बटुलेको छ ।

प्रतिक्रिया