+
Search

ताजा अपडेट +

पपुलर +

वर्ल्ड पिस तेक्वान्दो फेस्टिभलमा रमेशकुमारलाई स्वर्णपदक

gold medalist of World Peace Taekwondo Festival ramesh kumar shrestha nuwakot nepal
डबली खबर
६ साल अगाडी

विदुर । कोरियाको सिन्हान युनिभर्सिटीमा जारी “वर्ल्ड पिस तेक्वान्दो फेस्टिभल”मा स्पिड किक ब्रेकिङतर्फ नुवाकोटका रमेशकुमार श्रेष्ठले नेपालको लागि स्वर्णपदक दिलाउन सफल भएका छन् ।

शुक्रबारबाट सुरु भएको पहिलो दिन राष्ट्रिय खेलकुद परिषद् अन्तर्गतका तेक्वान्दो प्रशिक्षक श्रेष्ठले पुम्सेतर्फ नेपाललाई रजत पदक दिलाउन सफल भएका थिए ।

प्रतियोगितामा चालीसभन्दा बढी राष्ट्रका करिब ५ हजार खेलाडीहरुको सहभागीता रहेको छ । प्रतियोगिता दश दिनसम्म हुनेछ  ।

प्रशिक्षक श्रेष्ठ नेपालको लागि विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय पदक दिलाउन सफल नुवाकोट जिल्ला स्थायी घर भएका रमेश तेक्वान्दोका अन्तराष्ट्रिय रेफ्री पनि हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ