काठमाडौँ / चौथो संस्करणको साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिता भोलि बुधबारदेखि शुरु हुँदैछ ।
प्रतियोगिताको समूह ‘ए’मा नेपाल, बङ्गलादेश, माल्दिभ्स र पाकिस्तान रहेका छन् । त्यस्तै, समूह ‘बी’मा भारत, भूटान र श्रीलङ्का रहेका छन् ।
प्रतियोगिता अन्तर्गत नेपालले पहिलो खेल कात्तिक ८ गते पाकिस्तानसँग खेल्नेछ । कात्तिक १० मा माल्दिभ्ससँग र समूह चरणको अन्तिम खेल कात्तिक १२ गते बङ्गलादेशसँग खेल्नेछ ।

प्रतिक्रिया