+
Search

ताजा अपडेट +

पपुलर +

तामाङ पत्रकार संघ नुवाकोटद्वारा शैक्षिक सामाग्री वितरण

डबली खबर
७ साल अगाडी

दुप्चेश्वर/तामाङ पत्रकार संघ नुवाकोटले दुप्चेश्वर गाउँपालिका वडा नम्बर ५ मानेभञ्ज्याङमा रहेको कुलज्योती प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

विद्यालयको कक्षा १ देखी ३ सम्म अध्यन्रत २४ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरिएको छ । ग्रामिण भेगमा रहेका विद्यार्थीहरुको पढाईलाई प्रोत्साहन गर्न शैक्षिक सामाग्री बितरण गरिएको तामाङ पत्रकार संघ नुवाकोट अध्यक्ष शक्तिमायाँ तामाङले बताउनुभयाे ।विद्यालयको २४ जना विद्यार्थीहरुलाई सिसाकलम, कापी, गर्मीयाममा लगाउने टिसटर्ट लगायतको सामाग्री बितरण गरिएको तामाङले बताउनुभयाे।

यस्तै, विद्यालयका प्रध्यानाध्यापक सुनबहादुर तामाङले जति पनि विद्यार्थीहरु भर्ना हुन आए पनि नियमित नहुँदा संघको सहयोगले विद्यार्थीहरुलाई नियमित विद्यालयमा आउन उत्पेरित गरेको बताउनुभएको छ ।

कार्यक्रममा तामाङ पत्रकार संघ नुवाकोटका उपाध्यक्ष एवम् दुप्चेश्वर गाउँपालिका वडा नम्बर ५ को वडा सदस्य होमबहादुर तामाङ, विद्यालयका शिक्षक, विद्यार्थीहरु, अभिभाबक लगायतको सहभागीता रहेको थियो ।

No automatic alt text available.

Image may contain: 4 people, people smiling

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ