+
Search

ताजा अपडेट +

पपुलर +

जेष्ठ नागरिक प्रतिष्ठानको अध्यक्षमा पुन: नेपाल

A 31-member new working committee under the chairmanship of Nepal was unanimously elected at the sixth convention of the Senior Citizen Protection and Study Foundation Devighat.
डबली खबर
२२ मिनेट अगाडी

असार २८, नुवाकोट। देवीघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठान देवीघाटको छैठौं अधिवेशनबाट विष्णुप्रसाद नेपाल पुन: अध्यक्षमा निर्वाचित भएका छन् ।

आज भएको प्रतिष्ठानको छैठौं अधिवेशनबाट नेपालको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ।

संस्थाको नेतृत्वलाई निरन्तरता दिँदै आगामी कार्यकालका लागि चयन गरिएको यस नयाँ कार्यसमितिको उपाध्यक्षमा गोविन्द चित्रकार, सचिवमा रामशरण थापा, सहसचिवमा मोतिराम न्यौपाने र कोषाध्यक्षमा बिनादेवी अर्याल निर्वाचित भएका छन् ।

त्यस्तै, संस्थाको सदस्यहरूमा शिवप्रसाद गजुरेल, ठाकुरप्रसाद गजुरेल, ठाकुरप्रसाद पुडासैनी, बसन्तजंग ठकुरी, बलराम अधिकारी र रामकृष्ण भट्ट लगायतका व्यक्तित्वहरू रहेका छन् ।

अधिवेशनले कार्यसमितिलाई सल्लाह, सुझाव र मार्गदर्शन प्रदान गर्नका लागि सोमप्रसाद भण्डारीको संयोजकत्वमा ४१ सदस्यीय बृहत् सल्लाहकार समितिको समेत गठन गरेको छ।

नयाँ कार्यसमिति तथा सल्लाहकार समितिले पारदर्शी र उत्तरदायी ढङ्गले काम गर्दै नेपालीहरूकै जनश्रमदान र आर्थिक सहयोगबाट सञ्चालित यस आश्रमलाई देशकै नमुना ज्येष्ठ नागरिक सेवा केन्द्रका रूपमा स्थापित गर्ने प्रतिबद्धता जनाएको छ।

ज्येष्ठ नागरिक अस्पताल देशकै लागि एउटा उत्कृष्ट नमुना हुने: डा. प्रकाशचन्द्र लोहनी

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ