असार ११, नुवाकोट । विदुर नगरपालिकाले आफ्नो १९ औं नगरसभामा नगरभित्रबाट सबैभन्दा बढी कर तिर्ने उत्कृष्ट करदाताहरूलाई सम्मान गरेको छ।
नगरपालिकाले वडा नं. १ देखि १३ सम्मका विभिन्न व्यवसायमा आबद्ध रही सबैभन्दा बढी कर बुझाउने उद्यमीहरूमध्येबाट हरेक वडाबाट उत्कृष्ट एक जनालाई छनोट गरी सम्मान गरेको हो।
सम्मानित हुने उत्कृष्ट करदाताहरूमा सबैभन्दा बढी कर तिर्नेमा सुदिप श्रेष्ठ, कृष्णकुमार न्यौपाने, संजिव थपलिया र भुवनलाल राजभण्डारी रहेका छन् ।
करदाताहरूले आफ्नो नागरिक तथा व्यावसायिक दायित्व समयमै पूरा गरेर नगरपालिकाको आन्तरिक स्रोत बलियो बनाउन र समग्र नगरको आर्थिक विकासमा ठूलो सहयोग पुर्याएको नगरपालिकाका उपप्रमुख प्रभा बोगटीले बताईन् ।
करदाताहरूले बुझाएको कर नै स्थानीय तहको विकास, भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य क्षेत्रको सुधार तथा प्रभावकारी सेवा प्रवाहको मुख्य मेरुदण्ड र आधार खम्बा भएको नगरपालिकाले जनाएको छ।
उत्कृष्ट करदाताहरूलाई प्रोत्साहन गर्दा अन्य व्यवसायीहरूमा पनि कर तिर्ने सकारात्मक बानीको विकास हुने विश्वास लिइएको छ।
विदुर नगरपालिकाले आगामी नीति तथा कार्यक्रमहरूमा उत्कृष्ट करदाताहरूलाई निरन्तर प्रोत्साहन, कदर र सम्मान गर्ने दीर्घकालीन नीति अवलम्बन गरेको जानकारी दिएको छ।

प्रतिक्रिया