+
Search

ताजा अपडेट +

पपुलर +

काहुलेमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर

४०६ जना लाभान्वित

Free health camp in Kispang Nuwakot (1)
डबली खबर
२९ मिनेट अगाडी

२३ जेठ, विदुर । राष्ट्रसेवक कर्मचारी समाज नुवाकोटको आयोजनामा किस्पाङ गाउँपालिका–३ स्थित काहुले स्वास्थ्य चौकीमा एकदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

स्थानीय बासिन्दालाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको शिविरमा विभिन्न रोगसम्बन्धी परामर्श तथा स्वास्थ्य परीक्षण सेवामा चार सय छ जना नागरिकहरुलाई स्वास्थ्य सेवा प्रदान गरिएको समाजका अध्यक्ष उदय रानामगरले जानकारी दिए ।

शिविरमा हाडजोर्नी तथा नशासम्बन्धी समस्याको परामर्श, पेट तथा पाचन प्रणालीसम्बन्धी रोगको परीक्षण, सामान्य स्वास्थ्य जाँच, आँखा परीक्षण, मुटुसम्बन्धी रोगको परामर्श, प्रोस्टेट ग्रन्थि तथा पिसाबसम्बन्धी समस्याको जाँच तथा भिडियो एक्स–रे लगायतका सेवा उपलब्ध गराइएको त्रिशूली अस्पतालका निर्देशक डा.  राजेन्द्र लामाले जानकारी दिए।

शिविरमा तीन जना महिलामाको पाठेघर रोगको शंकास्पद बिरामी भेटिएको काहुले स्वास्थ्य चौकीका इन्चार्ज मिनबहादुर तामाङले जानकारी दिए।

समाजका संस्थापक अध्यक्ष डा. केदार नरसिंह केसी, किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदारप्रसाद खतिवडा, वडा नं ५ का वडा अध्यक्ष प्रकाश डीमडुङ, समाजका पदाधिकारी, सदस्यहरुको सक्रिय उपस्थिति रहेको शिविरमा ३७ जना आँखाका बिरामीलाई नि:शुल्क चस्मा उपलब्ध गराइएको छ ।

शिविरमा चिकित्सकको पूर्जाअनुसार निःशुल्क रूपमा औषधी वितरण गरिएको छ ।

ग्रामीण भेगका नागरिकलाई विशेषज्ञ चिकित्सकहरूको टोलीले स्वास्थ्य परीक्षणसँगै आवश्यक परामर्श पनि प्रदान गरिएको छ ।

शिविरमा किस्पाङ गाउँपालिकाको कार्यालय र त्रिशूली अस्पतालको समन्वय रहेको थियो।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ