+
Search

ताजा अपडेट +

पपुलर +

लुम्बिनी विकास बैंकद्वारा शैक्षिक सामग्री सहयोग

lumbini development bank provide desk in school Nuwakot
डबली खबर
२ महिना अगाडी

१९ चैत, नुवाकोट । लुम्बिनी विकास बैंकको बट्टार शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विदुर नगरपालिका-२ बट्टारस्थित युनाइटेड आधारभूत विद्यालयलाई भौतिक सहयोग प्रदान गरेको छ।

बैंकले विद्यालयको शैक्षिक वातावरण सुधार गर्ने उद्देश्यले १० थान डेस्क-बेन्च हस्तान्तरण गरेको हो।

बिहीबार विद्यालय प्राङ्गणमा आयोजित एक कार्यक्रमका बीच बैंकका शाखा प्रमुख अजय आचार्यले ४ नम्बरका वडाअध्यक्ष निलमबाबु ढुङ्गेल, वडासदस्यलगायतको उपस्थितिमा उक्त फर्निचर विद्यालय प्रशासनलाई हस्तान्तरण गरेका हुन् ।

गुणस्तरीय शिक्षाका लागि आवश्यक न्यूनतम भौतिक पूर्वाधारको अभाव झेलिरहेका विद्यार्थीहरूलाई यस सहयोगले प्रत्यक्ष राहत पुग्ने विश्वास लिइएको छ। डेस्क-बेन्चको उपलब्धतासँगै अब विद्यार्थीहरूलाई कक्षाकोठामा बसेर अध्ययन गर्न थप सहज हुने विद्यालय व्यस्थापन समितिका अध्यक्ष देवनारायण चित्रकारले बताए ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ