+
Search

ताजा अपडेट +

पपुलर +

पालिकास्तरीय परीक्षामा २ हजार ३५७ जना परीक्षार्थी

administration office of Bidur municipality Nuwakot
डबली खबर
१ महिना अगाडी

३ चैत, नुवाकोट । विदुर नगरपालिकाले आगामी चैत ५ गतेदेखि कक्षा ५ र ८ को आधारभूत तह उत्तीर्ण परीक्षा लिँदैछ।नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित सामुदायिक र संस्थागतहरुमा उक्त परीक्षा लिँदै आईरहेको छ।

यस वर्षको वार्षिक परीक्षामा कक्षा ८ मा १ हजार २१० जना र कक्षा ५ को वार्षिक परीक्षामा १ हजार १४७ जना विद्यार्थीहरू सहभागी हुँदैछन्। परीक्षालाई मर्यादित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नगरपालिकाले सम्पूर्ण तयारी पुरा गरिसकेको जनाएको छ।

नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि वार्षिक परीक्षा पूर्ण रूपमा नि:शुल्क गरिएको छ।

यद्यपि, संस्थागत (निजी) विद्यालयका हकमा भने नगरपालिकाको स्वीकृत कार्यविधिमा उल्लेख भए बमोजिमको निर्धारित शुल्क लाग्ने व्यवस्था गरिएको छ।

शिक्षामा सबैको पहुँच सुनिश्चित गर्ने र सामुदायिक विद्यालयका विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले यो विभेदकारी नभई सहुलियतपूर्ण नीति लिइएको नगरपालिकाले स्पष्ट पारेको छ।

परीक्षा सञ्चालनका लागि आवश्यक पर्ने सम्पूर्ण प्रशासनिक तथा प्राविधिक सामग्रीहरूको व्यवस्थापन पनि नगरपालिका आफैँले गर्ने भएको छ। परीक्षा आवेदन फारम, प्रश्नपत्र, उत्तरपुस्तिका देखि अन्तिम नतिजाको लब्धाङ्क पत्रसम्मका सम्पूर्ण कागजातहरू पालिकाले नै उपलब्ध गराउनेछ। यसबाट परीक्षाको गुणस्तरमा एकरूपता आउने र विद्यालयहरूको प्रशासनिक बोझ कम हुने विश्वास लिइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ