+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटका २८ मतदानस्थलमा विशेष निर्वाचन सुरक्षा अभ्यास

election model demonstration in Nuwakot
डबली खबर
३ महिना अगाडी

१९ फागुन, विदुर । यहि फागुन २१ गते बिहीबार हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, र भयरहित वातावरणमा सम्पन्न गराउन नुवाकोटमा सुरक्षा सतर्कता तीव्र पारिएको छ।

जिल्ला सुरक्षा समितिको आयोजनामा निर्वाचनको दौरान उत्पन्न हुन सक्ने चुनौतीहरूलाई चिर्न जिल्लाका विभिन्न २८ वटा मतदानस्थलहरूमा विशेष सुरक्षा अभ्यास सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए ।

निर्वाचनको समयमा आइपर्न सक्ने बढी जोखिम उमेर समुह, दोहोरो मतदातालगायतका १० वटा सम्भावित जटिल परिस्थितिहरूलाई आधार मानी सुरक्षा निकाय र कर्मचारीहरूको भूमिकाबारे प्रयोगात्मक अभ्यास गरिएको शेर गणका प्रमुख सेनानी आविष्कार ढुंगानाले जानकारी दिए ।

जिल्लाका अति संवेदनशील र संवेदनशील मानिएका मतदानस्थलहरूलाई लक्षित गरी गरिएको अभ्यासमा परिस्थिति, कार्य, प्रतिक्रियामा आधारित रहेको उनले बताए ।

अभ्यासको जिल्ला सुरक्षा समितिद्वारा निरीक्षण

अभ्यासमा सुरक्षा निकाय, निर्वाचन कर्मचारी, निर्वाचन प्रहरी गरी कुल एक हजार १९ जनाको सक्रिय सहभागिता रहेको थियो ।

साथै, नेपाली सेनाको शेर गणबाट जिल्लाभर फौज परिचालन भई २४सै घण्टा पैदल, गाडी र रात्रिकालीन गस्ती सुचारु छन् ।

निर्वाचनलाई सुरक्षित बनाउन नुवाकोट जिल्लाका सुरक्षा निकायहरूले आफ्नो उपस्थिति र सक्रियतालाई उच्च बनाएका छन्।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ