+
Search

ताजा अपडेट +

पपुलर +

प्याब्सन भवन उद्घाटन

pabson nuwakot building
डबली खबर
५ महिना अगाडी

३० कात्तिक, बट्टार । संस्थागत विद्यालयहरुकाे छाता संगठन प्याब्सन नुवाकोटको कार्यालय भवनको आज उद्घाटन भएको छ ।

प्याब्सन केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारीले एक कार्यक्रमका बीच उक्त भवनको उद्घाटन गरेका हुन् ।  

विदुर नगरपालिकाको बट्टारस्थित बसपार्क नजिक निर्माण भएको उक्त भवनको लागत करिब ७५ लाख रुपैयाँ रहेको प्याब्सन नुवाकोटका अध्यक्ष पुरुषोत्तम अधिकारीले जानकारी दिए ।

कार्यक्रममा एसइई परीक्षा २०८१ मा जिल्लामै उत्कृष्टसहित शतप्रतिशत नतिजा प्राप्त गर्ने नुवाकोट ग्लाेरी सेकेण्डरी बाेर्डिङ स्कुल प्रथम, नर्थ स्टार बाेर्डिङ स्कुल द्वितीय, गणेश भ्यू बाटिका तृतीय र नेशनल बेथेल चाैथाे भएका विद्यालयहरुलाई सम्मान गरिएको थियाे ।

यसैगरी सर्वाेत्कृष्ट विद्यालय २०८१ काे विधामा माध्यमिक तहतर्फ नुवाकोट ग्लाेरी सेकेण्डरी बाेर्डिङ स्कुल र आधारभूत तहतर्फ सामुदायिक विद्या मन्दिर देविघाटलाई पुरस्कृत गरिएको थियो ।

हाल प्याब्सनमा ३९ ओटा विद्यालयहरु सङ्गठित रहेका छन् ।

Private & Boarding School's Organization Nepal pabson office building

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ