+
Search

ताजा अपडेट +

पपुलर +

भुक्तानी रोकेको विरोधमा आन्दोलन गर्ने

sugarcane Nepal agriculture
डबली खबर
७ साल अगाडी

महोत्तरी/उखुको भुक्तानी अनिश्चितकालका लागि रोक्का गरिएको विरोधमा उखु उत्पादक कृषि संघ, रामनगर, महोत्तरीले चरणबद्धरुपमा आन्दोलन गर्ने निर्णय गरेको छ ।

गौशाला नगरपालिका–१ मा रहेको एभरेष्ट चिनी उद्योग रामनगरले जेठ १ गते सार्वजनिक सूचनामार्फत अनिश्चितकालका लागि उखुको भुक्तानी रोक्का गरिएको जनाएको थियो ।

उखु उत्पादक कृषक संघ, महोत्तरीले बिहीबार मूलगेटमा बैठक बसी विभिन्न आन्दोलनको कार्यक्रम जारी गरेको हो । अध्यक्ष नरेशसिंह कुशवाहाले जारी गरेको सूचनाअनुसार जेठ ५ गते शनिबार सार्वजनिक रुपमा प्रचारप्रसार गर्ने, जेठ ६ गते दिउँसो २ः३० बजेदेखि अनिश्चितकालको तालाबन्दी गर्नेसम्मको आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् ।

जेठ ६ गतेका दिन चिनी मिलभित्र रहेको १ नं गेट, २ नं गेटमा तालाबन्दी निकासी, पैठारी बन्द गरिने अध्यक्ष सिंहद्वारा जारी गरिएको सूचनामा उल्लेख गरेका छन् ।

यता उद्योगले गत जेठ १ गते जारी गरिएको सार्वजनिक सूचनाअनुसार हाल स्टकमा ९० प्रतिशत चिनी बिक्री गर्न बाँकी रहेकाले सोबाट करीब रु २०० करोड आम्दानी हुने भन्दै हालका लागि भने किसानलाई उखु भुक्तानी दिन असमर्थ रहेको जनाएको छ ।

रु २२२ करोड बराबरको उखु खरिद गरिएको जानकारी गराउँदै हालसम्म रु ५५ करोड रकम पेश्कीस्वरुप किसानलाई भुक्तानी दिइसकेको उद्योगका वित्त महाप्रबन्धक विमलचन्द्र ठाकुरले जनाउनुभएको छ ।  (रासस)

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ