+
Search

ताजा अपडेट +

पपुलर +

झण्डै आधा किलोग्राम सुनसहित दुई भारतीय पक्राउ

gold jewelry
डबली खबर
७ साल अगाडी

भीमदत्तनगर/कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीको टोलीले आज बिहान पश्चिमी नाकामा ४९६ ग्राम सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको हरियाणाका जीतेन्द्र सैनी र सुरेशकुमार रहेको कञ्चनपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कञ्चनपुर भन्सार कार्यालयका प्रमुख मदन दाहालले भन्सारको टोलीले सुनसहित भारतीय नागरिक पक्राउ गरेको र ती अभियुक्तलाई भन्सार ऐन–२०६४ अनुसार कारबाही गरिने बताउनुभयो ।

काठमाडौँबाट गड्डाचौकी हुँदै भारतीय नम्बर प्लेटको एच आर १२ एच ०००६ नं को जिपमा भारततर्फ जाँदै गर्दा भन्सार टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियोे ।प्रहरीका अनुसार पक्राउ परेका अभियुक्तले सुन काठमाडौँंबाट खरिद गरेर ल्याएको प्रारम्भिक बयान दिएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ । (रासस)

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ