+
Search

ताजा अपडेट +

पपुलर +

महिला स्वास्थ्य स्वयंसेविकाको अध्यक्षमा पुन: न्यौपाने

women health volunteer program in Bidur
डबली खबर
१० महिना अगाडी

२४ जेठ, नुवाकोट । विदुर नरपालिकास्तरीय महिला स्वास्थ्य स्वयंसेविका सङ्घको अध्यक्षमा रमा न्यौपाने सर्वसम्मत् निर्वाचित भएकी छन् ।

शनिबार बट्टारमा भएको संस्थाको दोस्रो अधिवेशनले स्वयंसेविका न्यौपानेको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति, पदाधिकारी निर्वाचित गरेको हो ।

सङ्घको उपाध्यक्षमा चोतकुमारी बडाल, सचिवमा सावित्री महत थापा र सह-सचिवमा भवानी पाठक चयन भएका छन् ।

यस्तै, कार्यसमितिको सदस्यहरुमा उमा मल्ल, रिता आचार्य, सावित्री केसी ओझा, कमला आलेमगर, ईश्वरी प्याकुरेल, सावित्री तामाङ, करिना नेपाल, राधिका बस्नेत, पुण्य श्रेष्ठ र सृजना नेपाल थपलिया रहेकी छन् ।

नवनिर्वाचित अध्यक्ष न्यौपानेले संगठनलाई व्यवस्थित, चलयमान बनाउन विभिन्न क्षमता अभिवृद्धिमुलक कार्यक्रम गरिने प्रतिबद्धता ब्यक्त गरिन् ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ