+
Search

ताजा अपडेट +

पपुलर +

जेसिसको पदस्थापना

jci nuwakot
डबली खबर
१ साल अगाडी

९ चैत, विदुर । जेसिसको जिल्ला शाखा नुवाकोटको ११औं पदस्थापना भएको छ ।

कार्यक्रममा निवर्तमान अध्यक्ष अरुणराज पाठकले वर्ष २०२५ का निर्वाचित अध्यक्ष हीमन रिमाललाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।

कार्यक्रममा संविधानसभा सदस्य राज्यलक्ष्मी पाण्डेले जेसिसको नीतिबाट राजनीतिक पार्टीहरुले धेरै सिक्नुपर्ने भन्दै जेसिसका विधानको प्रशंसा गरेकी थिईन् । उनले राजनितिक नेतृत्वमा जेसिसको जस्तै सहज नेतृत्व हस्तान्तरण आवश्यक रहेको बताईन् ।

विदुर नगरपालिका-२ का वडाध्यक्ष दीपक कायस्थ र ४ नम्बरका वडाध्यक्ष निलमबाबु ढुङ्गेलले जेसिजले पुर्याएको भूमिकाबारे चर्चा गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ