+
Search

ताजा अपडेट +

पपुलर +

जेसीजमा हिमन

himan rimal elected president of jci nuwkaot
डबली खबर
१ साल अगाडी

१९ माघ, विदुर । अन्तर्राष्ट्रिय युवाहरुको संगठनको जेसीज २०२५ नुवाकोटको अध्यक्षमा हिमन रिमाल निर्विरोध भएका छन् ।

संस्थाको शनिबार भएको १०औं अधिवेशनबाट अध्यक्षमा रिमाल सर्वसम्मत चयन भएका हुन् ।

संस्थाको कार्यकारिणी उपाध्यक्षमा जीवन तामाङ र प्रह्लाद पौडेल, उपाध्यक्षमा सुकुमान तामाङ, शिवरामा ढकाल, अस्मिता खनाल र सुरेन्द्र ढकाल चयन भएका छन् ।

नवनियुक्त अध्यक्ष रिमालले आफ्नो कार्यकालमा नुवाकोटमा रहेका युवाहरुको नेतृत्व र व्यत्तित्व विकासमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

निर्वाचित पदाधिकारीहरुको कार्यकाल एक वर्षको मात्र हुनेछ । जेसीज १८ देखि ४० वर्षसम्मका युवाहरुको नेतृत्व क्षमता र व्यक्तित्व विकास गर्ने विश्वव्यापी संस्था हो।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ