२४ चैत, विदुर । जिल्ला प्रशासन कार्यालय नुवाकोटको सिमामा रहेको पर्खाल भित्तामा राष्ट्रिय एवं धार्मिक, पर्यटकीय क्षेत्र चिनाउन रङ्गीन भित्तेचित्र कोरिएको छ ।
शक्ति समूहको सहयोगमा पर्खालमा पुन: रङ्गरोहनसहित चित्र निर्माण गरिएको हो ।
नुवाकोटका केहि महत्वपूर्ण पर्यटकीय, संस्कृति गन्तव्यको पहिचान चित्रकलामार्फत देखाएको छ ।
भित्तेचित्रमा राष्ट्रिय गान, राष्ट्रिय चिन्ह, नुवाकोट साततले दरबार, त्रिशूली जलविद्युत केन्द्र, जालपादेवी मन्दिर, रसुवाको गोसाँईकुण्ड चित्र कोरिएको छ ।
यसैगरी मानवबेचबिखन विरुद्धको जनचेतनामुलक जानकारी लेखिएको छ ।
पर्खालको भित्तालाई सुन्दर बनाउने अभियान अनुसार खाली रहेको पर्खालमा कला झल्काउने चित्र निर्माण गरिएको छ ।

प्रतिक्रिया