+
Search

ताजा अपडेट +

पपुलर +

जिसस प्रमुखद्वारा क्यान्सरविरुद्ध खोप अभियानको शुभारम्भ

डबली खबर
१ साल अगाडी

२२ माघ, कोलेनी । जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रम सिंह ठकुरीले विश्व क्यान्सर दिवसका अवसरमा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानको शुभारम्भ गरेका छन् ।

विदुर नगरपालिका-९ स्थित स्पार्कल इन्टरनेशनल स्कुलमा आज आयोजित एक कार्यक्रममा नगरपालिकाद्वारा सञ्चालित मातृशिशु सेवा कक्षका इञ्चार्ज सुमित्रा रिमाललाई खोपसामग्री प्रदान गरेर अभियानको शुभारम्भ गरेका हुन् ।

किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउनका आजदेखि फागुन ६ गतेसम्म खोप अभियान सञ्चालन गर्दैछ ।

नुवाकोटमा ११ हजार १७८ किशोरीलाई एचपिभि खोप लगाइँदै

खोप अभियानमा जिल्लाका विद्यालय जाने ११ हजार ६१ जना र विद्यालय नजाने १७१ जना गरी कुल ११ हजार १७८ जना किशोरीलाई खोप लगाइने जनस्वास्थ्य कार्यालयका प्रमुख महेन्द्रध्वज अधिकारीले जानकारी दिए । देशभरका कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ९०० किशोरीलाई खोप लगाइने छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मुलुकमा हरेक दिन पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु हुने गरेको छ । पाठेघरको मुखको क्यान्सर ह्युमनपापिलोमा भाइरस सङ्क्रमणले हुन्छ । नेपालमा महिलामा हुने विभिन्न क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ