+
Search

ताजा अपडेट +

पपुलर +

बुधसिंघाट सहकारीको पुँजी ३९ लाख ८५ हजार

budhasingh agro cooperative nuwakot
डबली खबर
१ साल अगाडी

२० पुस, नुवाकोट । बुधसिंघाट कृषि सहकारी संस्था लिमिटेडको १३ औं बार्षिक साधारणसभामा सम्पन्न भएको छ ।

कार्यक्रममा विदुर नगरपालिका वडा नं ३ वडा तथा कार्यपालिका सदस्य सावित्री राईको प्रमुख आतिथ्यमा रहेको थियो ।

विदुर नगरपालिका वडा नम्बर ३ बुधसिंघाटमा रहेको सहकारीको कुल पुँजी ३९ लाख ८५ हजार ३२२ रुपैँया पुगेको प्रतिवेदनले देखाएको छ ।

नियमित बचत तथा आवश्यक सानो सानो ॠण प्रवाह गर्दै गर्दै आईरहेको सहकारीले आवश्यक ऋणलाई आम्दानी हुने पशुपन्छी तरकारी खेतिमा ध्यान दिनुपर्ने सहकारीका अध्यक्ष शरण राईले बताए । सहकारीले कृषिमा तरकारी खेती, पशुपालनमा स्थानीय तह सम्बन्धित सरोकारवालासँग समन्वय गर्दै आत्मनिर्भर दीगो विकासमा टेवा पुग्ने कार्यक्रम गर्ने लक्ष्य राखेको संस्थाको अध्यक्ष राईले जानकारी दिए ।

सहकारीको माध्यमबाट समाजमा ससानो रकम बचत गरि भबिष्यमा आईपर्ने समस्यामा केहि मद्दत पुग्नेर समान व्यवहार गरि दीगो विकास गर्नुपर्ने संस्थाको सदस्य उषा श्रेष्ठले बताईन् ।

सहकारीको सञ्चालक समितिको रिक्त रहेको कोषाध्यक्ष पदमा दीपक ठकुरीलाई चयन गरिएको छ ।

सहकारीमा महिला ३२ पुरुष ५७ गरि ८९ जना शेयर तथा बचत सदस्य रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ