११ पुस, नुवाकोट । जेष्ठ नागरिकहरुलाई सम्मान गर्दै चौथौं राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइएको छ ।
‘सभ्य समाजको आधार: ज्येष्ठ नागरिकमैत्री घरपरिवार’ भन्ने राष्ट्रिय मूल नाराका साथ मनाईएको कार्यक्रममा नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीकाे प्रमुख आतिथ्यमा रहेको थियो ।
विदुर नगरपालिकाको वडा नम्बर ५ मा रहेको देवीघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा आयोजित कार्यक्रम ज्येष्ठ नागरिकहरु कार्यक्रममा लुमडीप्रसाद गजुरेल, केदारनाथ पराजुली, कान्छीमाया चित्रकार, भद्रकुमारी न्यौपानेलगायतलाई सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद नेपालले जानकारी दिए । प्रतिष्ठानकाे भवन निर्माण गर्न जग्गा दान गर्ने दाताहरुलाई सम्मान गरिएको उनले बताए ।
हाल आश्रममा ३७ जना जेष्ठ नागरिकहरुले संरक्षणसहितको सुखद बुढौलीकाे सुविधा प्राप्त गरिरहेका छन् ।
नेपाल सरकारले २०५१ पुस ११ गते ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरिएको दिनलाई आधार बनाएर पुस ११ गतेलाई राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउँदै आएको छ ।
राष्ट्रिय ज्येष्ठ नागरिक कोषको पहलमा २०७८ सालदेखि राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन थालिएको हो ।

प्रतिक्रिया