+
Search

ताजा अपडेट +

पपुलर +

निःशुल्क आँखा शिविरबाट ६४७ जना लाभान्वित

Motiyabind selection eye camp in Nuwakot
डबली खबर
१ साल अगाडी

विदुर – नुवाकोटका विभिन्न क्षेत्रमा सम्पन्न मोतियाविन्दु छनौट शिविरबाट छ सयभन्दा बढी लाभान्वित भएका छन् ।

तिलगङ्गा आँखा प्रतिष्ठानको आयोजनामा सर्जिकल आँखा केन्द्र नुवाकोट र नेपाल रेडक्रस सोसाईटिको समन्वयमा भएको शिविरमा छ सय ४७ जना आँखाका बिरामीहरुले उपचार गराएको सर्जिकल आँखा केन्द्रका अध्यक्ष हरि श्रेष्ठले जानकारी दिए ।

गत कार्तिक २८ गते देखि मङ्सिर ४ गतेसम्म भएको शिविरबाट एक सय २१ जना मोतियाविन्दुका बिरामी छनौट गरिएको उनले जानकारी दिए ।

आँखा शिविर तादी गाउँपालिका, तारकेश्वर गाउँपालिका, किस्पाङ गाउँपालिका र सुर्यगढी गाउँपालिकाका विभिन्न स्वास्थ्यचौकीमा गरिएको थियो।

छनौट भएका बिरामीहरुको मङ्सिर ६ र ७ गते हुने शिविरमा तिलगंगा आँखा प्रतिष्ठानका वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टरद्वारा शल्यक्रिया गरिने केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ