नुवाकोट – स्थानीय उपनिर्वाचनको लागि ककनी गाउँपालिका वडा नम्बर २ को मतदाता सङ्ख्या सार्वजनिक भएको छ।
आगामी मङ्सिर १६ गते विभिन्न कारणले स्थानीय तहमा रिक्त पदका लागि उपनिर्वाचन हुँदैछ । जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उक्त दिन निर्वाचन हुनेछ ।
जिल्ला निर्वाचन कार्यालय नुवाकोटको तथ्यांकअनुसार एक हजार ५२२ महिला र एक हजार ६५१ पुरुष गरी तीन हजार १७३ मतदाता रहेको छ।
निर्वाचनको लागि वडा भवन र शिवालय माध्यमिक विद्यालय केन्द्र रहेको छ। वडा भवनमा एकहजार ११२ जना र शिवालय माविमादुई हजार ६१ जनाले मतदान गर्ने जनाएको छ।
काङ्ग्रेसका उम्मेदवार तिलकबहादुर लामाले ८८८ मतले विजयी हुँदा घिमिरेले ७३४ मत ल्याएका थिए। काङ्ग्रेसबाट निर्वाचित भएका वडा अध्यक्ष लामाको निधन भएपछि उक्त वडामा पुन:उपनिर्वाचन हुन लागेको हो।
निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनमा मनोनयन हुने उम्मेदवारको योग्यता र अयोग्यतासम्बन्धी प्रावधानको पालना गर्न राजनीतिक दल र निर्वाचन अधिकृतको कार्यालयलाई समेत निर्देशन दिएको छ ।

प्रतिक्रिया