+
Search

ताजा अपडेट +

पपुलर +

चाेरीका माेटरसाइकलसहित तीनजना पक्राउ

bike thieves
डबली खबर
१ साल अगाडी

विदुर – माेटरसाइकल चाेरीमा संलग्न रहेको आरोपमा नुवाकोट-काठमाडाै सिमानाबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । सर्वसाधारणको माेटरसाइकल चाेरी गर्ने गिरोहका ३ जना पक्राउ परेका हुन् ।

शिवपुरी गाउँपालिका अस्थाई प्रहरी पोष्ट गुर्जेभन्ज्याङबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले गुर्जेभन्ज्याङ चेकपोष्ट अगाडी सवारीसाधन जाँचको क्रममा अभियुक्तहरुलाई कागजात बिना मोटरसाइकल चलाएको आशंकामा पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख शान्तिराज कोइरालाले जानकारी दिए ।

पक्राउ पर्नेमा जिल्ला काठमाण्डौ बुढानिलकण्ठ नगरपालिका वडा नं. ३ का १९ वर्षीयका आकाश लामा र नुवाकोट किस्पाङ गाउँपालिका वडा नं. ०१ का ३१ वर्षीय श्याम घले रहेका छन्। गुर्जेभन्ज्याङ चेकपोष्टमा जाँचको क्रममा बा ७८ प ४८२२ नम्बरको २२० सि.सि. को कालो रातो रङ्गको मोटरसाईकल रोकी जाँच गर्दा चोरी गर्न प्रयोग गर्ने औजारहरु चेक बक्स १ थान, छिनो २ थान, सिएमसी चोक सेन्ट १ थानसहित कागजात विनाको सवारीसाधन फेला परेको नुवाकोट प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक तीलक भारतीले जानकारी दिए।

यस्तै, सोहि दिनको दिउँसो १ बजे गुर्जेभन्ज्याङ चेकपोष्टमा जिल्ला नुवाकोट किस्पाङ गाउँपालिका वडा नं. ३ का ३२ वर्षीय सञ्जय लामालाई पनि कागजात बिना मोटरसाइकल चलाएकोमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनले चलाएको बागमती एएए ९८२८ नम्बरको २२० सि.सि.को मोटरसाईकल चेकजाँच गर्दा कागजात विनाको बागमती प्रदेश ०२-०३२ प ६५९६ लेखिएको नम्बर प्लेट समेत छुट्टै राखी ल्याएको अवस्थामा फेला परेकोले नुवाकोट प्रहरीका सूचना अधिकारी तीलक भारतीले जानकारी दिए।

उनीहरुलाई चोरी तथा डाँका सम्बन्धी मुद्दामा नुवाकोट जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको प्रहरीका सूचना अधिकारी तीलक भारतीद्वारा विज्ञप्तीमा जनाइएकाे छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ