+
Search

ताजा अपडेट +

पपुलर +

संविधान दिवसमा रक्तदान, ५१ पिन्ट सङ्कलन

bidur city youth club organized blood donation in constitution day of Nepal
डबली खबर
१ साल अगाडी

नुवाकोट – संविधान दिवसको अवसरमा संविधान दिवस तथा राष्ट्रिय दिवस जिल्ला मूल आयाेजक समिति नुवाकोटले विदुरमा आयोजना गरेको रक्तदानमा ५१ पिन्ट रगत सङ्कलन गरिएको छ ।

विदुर सिटि युथ क्लब, विदुर युवा रेडक्रस सर्कल, नेपाल रेडक्रस सोसाईटी नुवाकोट र नुवाकोट उद्योग वाणिज्य सङ्घको समन्वय रहेको थियो । नागरिकस्तरबाट संविधान मनाउने अभिप्रायले रक्तदान आयोजना गरिएको आयोजकले जनाएको छ ।

संविधान दिवसको अवसरमा आयोजित रक्तदानमा महिला ११ र पुरुष ४० जना गरी ५१ जनाले रगत दान गरेको समन्वय संस्था विदुर सिटि युथ क्लबका अध्यक्ष सुनील श्रेष्ठले जानकारी दिए ।

नेपाल रेडक्रस सोसाइटीको रक्त सञ्चार सेवा केन्द्रको प्राविधिक सहयोग रहेको थियो ।

कार्यक्रममा रसुवा र नुवाकोटवासीलाई निःशुल्क रगत उपलब्ध गराउन नेपाल रेडक्रस सोसाईटीले स्थापना गरेको एक करोड रुपैयाँको कोष स्थापना सञ्चालन गरिएको अभियानमा विदुर युवा रेडक्रस सर्कलले ११ हजार रुपैंयाँ प्रदान गरेको छ ।

प्रदेशसभा सदस्य रामप्रसाद ढुङ्गानाले सर्कलका अध्यक्ष श्रेष्ठको उपस्थितिमा रेडक्रस मन्त्री उद्धव शर्मा रिजाललाई सर्कलले अभियानको कोषमा जम्मा गरेको भौचर हस्तान्तरण गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ