+
Search

ताजा अपडेट +

पपुलर +

७२ जना आँखा बिरामीको शल्यक्रिया

eye operation in nuwakot
डबली खबर
१ साल अगाडी

नुवाकोट – विदुरमा भएको दुई दिने आँखा शल्यक्रिया शिविरमा ७२ जना आँखा बिरामीको सफल शल्यक्रिया गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी नुवाकोट र जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोटको संयुक्त आयोजनामा तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंको प्राविधिक सहयोग रहेको थियो ।

नेपाल रेडक्रस सोसाईटी नुवाकोटका सभापति हरी श्रेष्ठले प्रतिष्ठानका वरिष्ठ नेत्ररोग विशेषज्ञहरुको टोलीले गरेको दुईदिने शल्यक्रिया शिविरमा मोतियाविन्दु भएका ७० जना, मासु पलाएकाे १ जना र परेलामा समस्या भएका १ जना बिरामीको सफल शल्यक्रिया गरिएको जानकारी दिए ।

शिविर समापन कार्यक्रममा विदुर नगरपालिकाका कार्यवाहक प्रमुख प्रभा बोगटीले अधिकांशमा मोतियाबिन्दुको समस्या देखिएको पाइएकाले शिविरले महत्वपूर्ण भूमिका खेलेको बताईन् ।

मोतियाविन्दुको सफल शल्यक्रियापछि आँखा प्रष्ट देखिएकोमा विदुर नगरपालिका-१३ मानेचौरकी ८६ वर्षिया वृद्धा कोतिमाया तामाङ खुसीले दंग भएकी छिन् ।

आँखा विशेषज्ञ डाक्टर दिक्षा विष्टले नियमित आँखाको जाँच गराई आँखा स्वास्थ्यमा ध्यान दिन अनुरोध गरेकी छिन् ।

भाद्र २४ र २५ गतेसम्म सञ्चालन भएको शिविरमा जिल्लाको विभिन्न स्थानमा तथा ४ वटा ग्रामिण आँखामा सञ्चालन गरिएको आँखा जाँच शिविरबाट छनौट गरिएको बिरामीहरुको शिविरमा शल्यक्रिया गरिएको रेडक्रसका कार्यालय प्रमुख समुन्द्रबाबु अधिकारीले जानकारी दिए । आँखाको शल्यक्रिया गरिएका बिरामीहरुलाई नि:शुल्क औषधी वितरण गर्नुको साथै शल्यक्रिया गरिएको आँखाको स्वास्थ्य सुरक्षाबारे सचेतना गरिएको उनले जानकारी दिए ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ