+
Search

ताजा अपडेट +

पपुलर +

१० कर्मचारीले दिए रक्तदान

blood donation in nuwakot
डबली खबर
१ साल अगाडी

विदुर – कर्मचारी मिलन केन्द्र नुवाकोटले निजामती दिवस २०८१ विविध कार्यक्रमको आयोजना गरि मनाइ रहेको छ ।

यसैक्रममा सोमबार त्रिशूली अस्पतालमा भएको रक्तदान कार्यक्रममा १० कर्मचारीहरुले रक्तदान गरेका छन् ।

भदौ २२ गते निजामती सेवा दिवसको अवसरमा साताव्यापी कार्यक्रम गर्ने नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा निजामती दिवस कार्यक्रमका संयोजक रामकृष्ण अधिकारीले जानकारी दिए ।

साताव्यापी कार्यक्रम अन्तरर्गत १७ गते रक्तदान, १८ गते ब्याडमिन्टन, १९ गते साहित्यिक वाचनसँगै २२ गते निजामती दिवस मनाइने जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ