+
Search

ताजा अपडेट +

पपुलर +

एनजि ल्याएका विद्यार्थीहरुको लागि नि:शुल्क अनलाईन कक्षा सञ्चालन

डबली खबर
१ साल अगाडी

नुवाकोट – सामाजिक संस्था दास स्मृति प्रतिष्ठानले सामुदायिक विद्यालयका विद्यार्थीहरुको लागि अनलाईन कक्षा सञ्चालन गर्ने भएको छ ।

प्रतिष्ठानले केहिदिन अगाडी सार्वजनिक भएको एसइइ परीक्षाबाट एनजि भएका विद्यार्थीहरुको लागि र आगामी वर्षहरुमा हुने एसइइ परीक्षा सहभागी विद्यार्थीहरुका लागि अनलाईन कक्षा सञ्चालन गर्ने जनाएको छ ।

लिखु गाँउपालिकाको ढिकुरे स्थायी भएका स्वर्गीय दासलाल श्रेष्ठको नाममा रहेको उक्त प्रतिष्ठानले एम्बिसन गुरुसँगको सहकार्यमा कुनै पनि विद्यालय वा विद्यार्थीहरुसँग शुल्क नलिइ निःशुल्क रुपमा कक्षा सञ्चालन गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष पूर्णलाल श्रेष्ठले जानकारी दिए ।

स्वर्गीय श्रेष्ठका छोरा पूर्णलाल श्रेष्ठले सामाजिक सञ्जालमार्फत् नुवाकोट क्षेत्र नम्बर १ का सबै सामुदायिक विद्यालय र एसइइ परीक्षा सहभागी हुने विद्यार्थीहरुलाई सम्पर्क गर्न आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ