+
Search

ताजा अपडेट +

पपुलर +

भरुवा बन्दुकसहित युवक पक्राउ

डबली खबर
२ साल अगाडी

नुवाकोट – बेलकोटगढी नगरपालिका-१३ मदानपुरबाट अवैध भरुवा बन्दुकसहित युवक पक्राउ परेका छन् । २१ वर्षीय विकेश लामालाई अवैध भरुवा बन्दुकसहित घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

आफ्नै घरमा अवैध रुपमा लाइसेन्स विना घरेलु हतियार लुकाई छिपाई राखेको गोप्य जानकारीका आधारमा प्रहरी टोली गई उनको घरमा खानतलासी गर्दा अवैध रुपमा लुकाई छिपाई राखेको ४ फिट २ इन्च लम्बाइ भएको घरेलु हातहतियार (भरुवा बन्दुक ) एक थान र हतियारमा बारुदको रुपमा प्रयोग गर्ने सलाइका काँटीहरु र छर्राका लागि प्रयोग हुने ६९५ ग्राम किटको टुक्राहरुसमेत फेला परेकाले बरामद गरिएको प्रहरी नायव उपरीक्षक तीलक भारतीले जानकारी दिए ।

लामालाई तत्काल पक्राउ गरी कारबाहीका लागि शुक्रबार विदुरस्थित जिल्ला अदालतमा पेश गरिएको प्रहरी नायव उपरीक्षक भारतीको भनाई छ।

प्रहरीले लामालाई हातहतियार तथा खरखजना सम्बन्धी कसुरमा पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति पाएको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ