+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा पनि मनाइयो कानुन दिवस

डबली खबर
१ साल अगाडी

विदुर – आज कानुन दिवस नुवाकोटलगायत देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपालमा प्रधान न्यायालय स्थापना भएको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिन्छ ।

दिवसको अवसरमा नुवाकोट जिल्ला अदालतको आयोजनामा कार्यालय परिसरदेखि विदुरचोक हुँदै लोकतान्त्रिक चौतारा पुगी सोहिबाटो हुँदै प्रभातफेरी गरेको छ । साथै विदुरचोकमा सरसफाई समेत गरिएको छ ।

कानुन दिवसका अवसरमा अदालतले शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ ।

नेपालमा प्रधान न्यायालय ऐन, २००८ बने पनि त्यसको लागू भने विसं २००९ वैशाख २६ गतेबाट लागू भएको थियो । सोही दिनको सम्झनामा प्रत्येक वर्ष वैशाख २६ गतेको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ