+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आजदेखि नुवाकोट साहित्य महोत्सव

आजदेखि नुवाकोट साहित्य महोत्सव
डबली खबर
२ साल अगाडी

विदुर – दुई दिवसीय नुवाकोट साहित्य, पर्यटन तथा संस्कृति महोत्सव आज शनिबारदेखि नुवाकोटको बट्टारमा सुरु हुँदैछ।

साहित्य संगम नुवाकोटको आयोजनामा दुई दिने महोत्सव महोत्सव बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले उद्घाटन गर्ने संस्थाका सचिव माधव गजुरेलले जानकारी दिए।

कलशयात्रा, महिला पञ्चेबाजा, लोकभजन, नेवारी धिमेबाजा, तामाङ सेलोलगायतका साहित्यिक लस्करले विदुर नगरपालिकाको बट्टारमा रहेको नुवाकोट आदर्श बहुमुखी क्याम्पस गेटदेखि कार्यक्रमस्थलसम्म प्रभातफेरि गर्नेछ ।

महोत्सवमा डा. नवराज लम्साल, ओम रिजाल, ऋषिप्रसाद लामिछाने गोर्खे साइलो, नेत्र काफ्ले, धिरेन अनुपम, सरोज बानियाँ, प्रभु जैसवाल, पुरु लम्साललगयतको सहभागिता रहने जनाएको छ ।

महोत्सवमा साहित्य, संस्कृति, पर्यटन, राजनीतिलगायत ७ विधामा साहित्यिक प्रस्तुति तथा छलफल हुँदैछ । 

आइतबार बेत्रावतीमा सम्पन्न हुने महोत्सवमा देशभरका साहित्यकारको बाक्लो उपस्थिति रहने जनाएको छ। 

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ