+
Search

ताजा अपडेट +

पपुलर +

शैक्षिक काेषको अध्यक्षमा लामिछाने

डबली खबर
२ साल अगाडी

नुवाकोट – जिल्ला शैक्षिक विकास काेषको भेलाले बाबुराम लामिछानेलाई अध्यक्षमा चयन गरेको छ ।

जिल्लाका माध्यमिक विद्यालयका प्रधानाध्यापकहरुको भेलाले लामिछानेको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरेको छ ।

शैक्षिक कोषको उपाध्यक्ष बासुदेव पनेरु, सचिव राजेन्द्रप्रसाद दवाडी, काेषाध्यक्ष सावित्री अर्याल र सहसचिव बुद्धिप्रसाद पुडासैनी चयन भएका छन् ।

सदस्यहरु हरिप्रसाद लामिछाने, शशीप्रसाद थपलिया, कृष्णकुमार श्रेष्ठ, सुरेन्द्रराज भट्ट, राजाराम अधिकारी, राजन पाठक, समुन्द्र श्रेष्ठ, जयराम लामिछाने, अईसिङ तामाङ र केशर अधिकारी चयन भएका छन् ।

निर्वाचित पदाधिकारी र सदस्यहरुलाई शिक्षा विकास समन्वय ईकाइका प्रमुख तुलबहादुर महतले प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ