नुवाकोट – तारकेश्वर गाउँपालिका-६ स्थित भमरा आधारभूत विद्यालयका २० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ ।
आईतबार नेपालका असल मित्रहरु जि.एफ.एन. परोपकारी परियोजना र लायन्स क्लब अफ काठमाडौं वनस्थलीले उक्त विद्यालयमा अध्यनरत विद्यार्थीलाई छात्रवृत्तिकोसाथै शैक्षिक सामाग्री वितरण गरिएको संस्थाका निर्देशक डा. भिमलाल तामाङले जानकारी दिए ।
संस्थाले डाँडाखर्कका २० जना कृषक महिलाहरुलाई १/१ ओटा उन्नत जातका बाख्रा वितरण गरेको छ । बाख्रा पालनबाट किसानहरुको स्थानीयको आयआर्जन वृद्धिका लागि ब्यवसायिक बाख्रापालनलाई प्रोत्साहन गर्ने उनले बताए ।
साथै कार्यक्रममा स्थानीय १४ जना एकल तथा जेष्ठ नागरिकलाई दोसल्ला ओढाएर आर्थिक सहयोगसहित सम्मान गरिएको उनले जानकारी दिए ।
कार्यक्रममा तारकेश्वर गापा वडा नम्बर ६ का अध्यक्ष नारायणप्रसाद रिमाल र समाजसेवी राजन बमरेलको उपस्थिति रहेको थियो ।
यसैगरी संस्थाले म्यागङ गाउँपालिका २ र ३ विद्यालयहरू सरस्वती मावि, सलाखु आधारभूत विद्यालय, जनकल्याण आधारभूत विद्यालयको विद्यार्थीहरूलाई छात्रवृत्ति, शैक्षिक तथा खेलकुद सामग्रीहरू वितरण गरेको छ ।
उक्त विद्यालयका २० जना विद्यार्थीलाई छात्रवृत्ति, स्थानीय २० जना कृषक महिलाहरुलाई १/१ ओटा उन्नत जातका बाख्रा र १० एकल महिलालाई आर्थिक सहयोग गरिएको जनाएको छ ।
प्रतिक्रिया