+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोट तेक्वान्दोमा शरण उत्सुक

sharan utsuk sapkota chairman of nuwakot Taekwondo
डबली खबर
४ साल अगाडी

विदुर – नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति नुवाकोटको अध्यक्षमा शरण उत्सुक सापकोटा निर्वाचित भएका छन्। बुधबार भएको चौथौं अधिवेशनले सापकोटाको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन गरेको हो।

अधिवेशनबाट उपाध्यक्षमा रमेश श्रेष्ठ, सचिवमा शरण घले, कोषाध्यक्ष श्रीरामचन्द्र तामाङ निर्विरोध निर्वाचित भए । यसैगरी सदस्यहरूमा ध्रुवकुमार रावल, शिव श्रेष्ठ, बुद्धिबहादुर तामाङ, श्रीकृष्ण श्रेष्ठ र महेन्द्र थापामगर चयन भए ।

निर्वाचित कार्यसमितिका पदाधिकारीको सपथग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम बुधबार नै सम्पन्न भएको छ । सो कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश तेक्वान्दो संघका उपाध्यक्ष एवं नुवाकोट तेक्वान्दो संघका संरक्षक सुमन पाण्डेले निर्वाचित कार्यसमितिका पदाधिकारीलाई सपथग्रहण गराएका छन् । सो कार्यक्रमका प्रमुख अतिथि पाण्डेले सर्वसम्मत निर्वाचित भएका पदाधिकारीलाई प्रमाणपत्र वितरण गर्दै युवाको ब्यक्तित्व विकासको लागि खेल अपरिहार्य रहेको बताए । स्वस्थ्य नागरिक उत्पादन गर्न खेलकुद गतिविधी बढाउन राज्यले सहयोग गर्नुपर्ने धारणा राखे ।

नवनिर्वाचित अध्यक्ष सापकोटाले नुवाकोटमा तेक्वान्दोको विकास र विस्तारका साथै योग्य खेलाडी उत्पादनका लागि लाग्ने प्रतिबद्धता जनाएका छन्। उनी नुवाकोट उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा त्रिशुली प्रवाह साप्ताहिकका प्रकाशक हुन् ।

कार्यक्रममा नेपाल तेक्वान्दो संघ बागमती प्रदेशका अध्यक्ष केशव पुरीले राष्ट्रिय अन्तराष्ट्रिय खेलकुद प्रतियोगितामा नेपालको नाम राख्न र सबैभन्दा बढी मेडल ल्याउन सफल तेक्वान्दो खेललाई राज्यले लगानी गर्न नसक्नु दुर्भाग्य रहेको बताए । गाउँगाउँमा पालिकासँग समन्वय गरेर खेल गतिविधी अघि बढाउन उहाँले निर्वाचित कमिटिलाई सुझाव दिएका छन् ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ