+
Search

ताजा अपडेट +

पपुलर +

बागमती प्रदेश लिग: धादिङ समाज सेमिफाइनलमा

dhading football team bagamati preadesh league footall tournament
डबली खबर
५ साल अगाडी

विदुर – नुवाकोटमा जारी बागमती प्रदेश लिग फुटबल प्रतियोगिताको समुह चरण अन्तर्गतको घरेलु टोली नुवाकोट युनाइटेडलाई हराउँदै धादिङ समाज सेमिफाइनलमा प्रवेश गरेको छ ।

नुवाकोट युनाइटेडका विरुद्ध धादिङ समाज ०-१ गोल अन्तरले विजयी भएको हो । जितसँगै धादिङ समाज सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टिम बनेको छ ।

खेलको पहिलो हाफमा धादिङ समाजका बिपिन कँडेलले गरेको गोल नै निर्णायक गोले हुन पुगेको छ । दोस्रो हाफमा युनाईटेडले धादिङ समाजलाई दबाबमा राख्दा पनि कुनै गोल फर्काउन सकेनन् ।

प्रतियोगिता अन्तर्गत आज हुने दोस्रो खेलमा सिन्धुली र दोलखाले खेल्नेछन् ।



लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ