+
Search

ताजा अपडेट +

पपुलर +

चौथौँ संस्करणको ‘बेलियो एक्स्पो’ माघ २२ गतेदेखि

baleyo expo Sagar Group
डबली खबर
३ महिना अगाडी

काठमाडाैं । सागर ग्रुपको आयोजनामा ‘बेलियो एक्सपेरियन्स टेक्नोलोजी एण्ड लाइफस्टाइलः मिट एण्ड ग्रिट एक्स्पो’ यहि माघ २२ देखि २७ गतेसम्म हुने भएको छ ।

अन्तर्राष्ट्रिय ब्राण्ड एक्स-ल्याबद्वारा प्रायोजित चौथौँ संस्करणको उक्त एक्स्पोमा नेपालमा भित्रिरहेका नयाँ उत्पादनहरूबारे जनचेतना फैलाउने लक्ष्य राखेको छ।

सूचना प्रविधि क्षेत्रमा लगातार तिन दशकदेखि सक्रिय रहँदै आएको सागर ग्रुपले यहि माघ २२ देखि २७ गतेसम्म कलंकीमा रहेको आफ्नै कर्पोरेट हाउस बेलियो एक्सपेरियन्स सेन्टरमा उक्त एक्स्पो आयोजना गर्न लागेको हो ।

कार्यक्रम संयोजक बिमलराज रेग्मीले एक्स्पोको मुख्य उद्देश्य घरेलु आविष्कार र विश्वव्यापी प्रविधिलाई एकै ठाउँमा ल्याएर उपभोक्ता तथा व्यवसायीहरूलाई आधुनिक उद्योगका नवीनतम प्रविधिहरूबारे जानकारी गराउनु रहेको बताए।

सहभागीहरूले साइबर सुरक्षा, सफ्टवेयर सोलुसन र दैनिक जीवन उपयोगी उपकरणहरूको प्रत्यक्ष प्रदर्शन अवलोकन गर्दै अन्तरक्रियात्मक खेलहरू र विशेष उपहार योजनाहरूमार्फत् विभिन्न सुविधाहरू प्राप्त गर्न सक्ने जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ