+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सोनाम ल्होछारमा “चौरी त्यो चार्ने” सार्वजनिक

सोनाम ल्होछारमा “चौरी त्यो चार्ने” सार्वजनिक
डबली खबर
२ महिना अगाडी

५ माघ, नुवाकोट । गायक सुजन खड्का र सुमिना लो तामाङको स्वरमा नयाँ तमाङ सेलो गीत “चौरी त्यो चार्ने” सार्वजनिक भएको छ।

गायक खड्काको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतले तामाङ संस्कृति र सेलोको जीवन्तता बोकेको छ।

सोनाम ल्होछारको अवसरमा सार्वजनिक गरिएको गीतमा शब्द राजीवजङ्ग रानामगरको रहेको छ ।

गीतको संगीतमा रानामगर र शैलेश शाहीको रहेको छ।

रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ लोकेन्द्र सुब्बाले गरेका हुन्।

यो गीतले चौरी चराउने परम्परा, गाउँघरको जीवनशैली र तमाङ समुदायको भावनालाई सुन्दर ढङ्गले प्रस्तुत गरेको छ।

सुजन खड्काको ऊर्जावान् स्वर र सुमिना लो तामाङको मिठो आवाजले गीतलाई थप जीवन्त बनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ