+
Search

ताजा अपडेट +

पपुलर +

निर्वाचन आचारसंहिता लागू

dabalikhabar nuwakot election 2078
डबली खबर
३ महिना अगाडी

५ माघ, नुवाकोट । आजदेखि प्रतिनिधिसभा निर्वाचनको आचारसंहिता लागू भएको छ। आयोगले निर्वाचनको डेढ महिना अगाडिबाट आचारसंहिता लागू गरेको हो।

यो निर्वाचन आचारसंहिता तीनै तहका सरकार, सरकारी संस्था, कर्मचारी, राजनीतिक दलदेखि मतदातासम्मलाई लागू हुनेछ।

सार्वजनिक पद धारण गरेका व्यक्तिको हकमा पनि आचारसंहिता लागू हुने जनाएको छ। निजी तथा गैर सरकारी संस्थाका पदाधिकारी तथा कर्मचारीलाई पनि निर्वाचन आचारसंहिता लागू हुनेछ।

आचारसंहिता लागू भएपछि तीनै तहका सरकारले वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत गरेका बाहेकका कार्यक्रम गर्न बन्देज लाग्नेछ। आचारसंहिता अनुसार नयाँ नीति, योजना र कार्यक्रम घोषणा, सञ्चालन तथा स्वीकृत गर्न पाइने छैन।

शिलान्यास गर्ने, उद्घाटन, सर्वेक्षण गर्ने, सम्भाव्यता अध्ययनमा पनि आचार संहिताले बन्देज लगाएको छ। सरकारले कुनै पनि विषयमा अनुदान दिन बन्देज लगाइएको छ।

राजनीतिक नियुक्तिको पद सिर्जना गर्न पाइने छैन भने रिक्त पदपूर्तिमा समेत आचारसंहिताले रोक लगाएको छ।

तीनै तहका सरकारका पदाधिकारीलाई विदेश भ्रमणमा समेत आयोगले कडाइ गरेको छ। आयोगको अनुमतिविना विदेश भ्रमण बन्देज हुने आचारसंहितामा उल्लेख छ।

यस्तै उम्मेदवारले उम्मेदवारी दर्ता गर्दा निर्वाचनमा आफूले खर्च गर्ने अनुमानित रकम र त्यसको स्रोत खुलाउनु पर्नेछ।

निर्वाचन आचारसंहिता सम्बन्धमा आयोगले राजनीतिक दलसँग पुस ३० गते नै प्रतिबद्धता लिएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ