+
Search

ताजा अपडेट +

पपुलर +

हाँस्य कलाकार सन्तोष पन्त नुवाकोटमा

comedy actor santosh panta in Nuwakot
डबली खबर
४ महिना अगाडी

२७ पुस, नुवाकोट । हाँस्य कलाकार सन्तोष पन्त ३०४औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस समारोहमा सहभागी हुन नुवाकोटमा आएका छन् ।

विदुर नगरपालिकाद्वारा आयोजित समारोहमा आएका उनले देवीघाटस्थित पृथ्वी स्मारक पार्कमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् ।

यसैगरी, उनले जालपादेवी मन्दिर नजिक रहेको पृथ्वीनारायण शाहको समाधिस्थलमा पनि श्रद्धासुमन अर्पण गर्दै माल्यार्पण गरेका छन् ।

कलाकार पन्तको यो सहभागिताले राष्ट्रिय एकता तथा ऐतिहासिक गौरवको सन्देशलाई थप सशक्त बनाएको छ। विभिन्न स्थानमा भएका कार्यक्रमहरूले विविधताभित्रको एकतालाई जोड दिएका छन्।

यो दिवस राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती (वि.सं. १७७९ पुस २७) को स्मरणमा मनाइन्छ । जसले स-साना राज्यहरूलाई एकीकृत गरी आधुनिक नेपालको जग बसाएका थिए। नुवाकोट जिल्ला विशेष महत्वको स्थान हो । जहाँ पृथ्वीनारायण शाहले नेपाल एकीकरण अभियानको थालनी गरेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ