+
Search

ताजा अपडेट +

पपुलर +

सिम कार्डलाई आफ्नै स्वामित्वमा ल्याउन सकिने

Nepal Telecom
डबली खबर
४ महिना अगाडी

२५ पुस, नुवाकोट । नेपाल टेलिकमले प्रिपेड मोबाइल सेवा प्रयोगकर्ताहरूका लागि आफूले प्रयोग गरिरहेको सिम कार्डलाई आफ्नै स्वामित्वमा ल्याउन सकिने गरी अनलाइन फाराम प्रणाली विकास गरेको छ। यस प्रणालीमार्फत प्रयोगकर्ताले सजिलै आफ्नो विवरण अद्यावधिक गर्न सक्ने व्यवस्था गरिएको हो।

नेपाल टेलिकमले आजै अनलाइन फाराम भरी आफ्नो विवरण अद्यावधिक गर्न सबै प्रिपेड सिम प्रयोगकर्तालाई अनुरोध गरेको छ।

समयमै विवरण अद्यावधिक नगरेमा सेवा अवरुद्ध हुन सक्ने भएकाले आवश्यक प्रक्रिया पूरा गर्न टेलिकमले सचेत गराएको छ।

अनलाइन फाराम भर्दा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, हालसालै कुराकानी गरिएको पाँचवटा मोबाइल नम्बर, र पासपोर्ट साइजको एक प्रति फोटोलगायतको कागजात तथा विवरण आवश्यक पर्नेछन्।

नेपाल टेलिकमका अनुसार यो व्यवस्थाले सिमको वास्तविक स्वामित्व सुनिश्चित गर्न, सेवा सुरक्षालाई मजबुत बनाउन तथा प्रयोगकर्तालाई थप सहज र भरपर्दो सेवा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ