+
Search

ताजा अपडेट +

पपुलर +

बुधसिंघाट कृषि सहकारीको शेयर पूँजी ४८ लाख ४० हजार

budhasingh krishhi shaakari
डबली खबर
४ महिना अगाडी

२० पुस, नुवाकोट । बुधसिंघाट कृषि सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

गत आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदअनुसार सहकारीको शेयर पूँजी ४८ लाख ४० हजार ९३८ रुपैँया रहेको छ ।

सहकारीले ८ लाख ५५ हजार ६१६ रुपैयाँ वृद्धि गर्न सफल भएको सहकारीका कोषाध्यक्ष दीपक ठकुरीले जानकारी दिए ।

साधारणसभामा उत्कृष्ट बचतमा राममाया राई, ऋण कारोबारमा सुकुमाया राई र युवा उद्यमी सुरेन्द्रबहादुर राईलाई सम्मान गरिएको छ ।

समुदायमा शिक्षा क्षेत्रमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने अर्जुनप्रसाद अधिकारी र सहकारीले गरेको वृक्षारोपणको हेरचाह स्याहार सुसार गर्ने गोपीनाथ वस्तीलाई सम्मान गरिएको छ।

सम्मानितहरुलाई विदुर नगरपालिका वडा नं ३ का कार्यबाहक अध्यक्ष ईन्द्रप्रसाद अधिकारी र सहकारीका सुर्यबहादुर राईले संयुक्त रुपमा सम्मान गरेका थिए।

सहकारीमा महिला ४५ र पुरुष ६८ गरि कुल १ सय १३ जना बचत तथा शेयर सदस्यहरु रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ